विराटनगर । विश्व स्वास्थ्य संगठन-डब्लुएचओले स्वास्थ्य मन्त्रालय कोशी परिसरमा प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवन निर्माण गरी मंगलबार हस्तान्तरण गरेको छ ।
भवन हस्तान्तरणसँगै स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र मन्त्रालयको प्रत्यक्ष निगरानीमा आफ्नै भवनमा सञ्चालन हुने भएको हो । यसअघि कोशी अस्पताल परिसरमा स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालन हुँदै आएको थियो ।
भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले नवनिर्मित प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र भवनको उद्घाटन गर्नुभएको हो । मन्त्री राईले स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्र निरन्तर र प्रभावकारी ढंगले सञ्चालनका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताएका भयो ।