औरही नगरपालिका- १ का वडाध्यक्ष चौधरीको निधन

श्रावण २४, २०८२ |विकास आर्या
औरही नगरपालिका- १ का वडाध्यक्ष चौधरीको निधन

महोत्तरी । महोत्तरीको औरही नगरपालिका वडा नं. १ का वडा अध्यक्ष जोगी चौधरीको निधन भएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट वडा अध्यक्षमा निर्वाचित चौधरीको ६५ वर्षको उमेरमा गए राति उपचारको लागि काठमाडौं लैजाने क्रममा निधन भएको हो। 

२ छोरा २ छोरी र श्रीमती रहेका चौधरी केहि वर्षदेखि मधुमेहका बिरामी थिए।

चौधरीको शनिबार सान्झ हिन्दु परम्पराअनुसार दाह संस्कार गरिने पारिवार स्रोतले जनाएको छ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


सम्बन्धित