सूर्यविनायक नगरपालिकाद्वारा पानी उद्योगहरूमा अनुगमन सुरू

श्रावण २०, २०८२ |सुन्दर शिल्पकार
सूर्यविनायक नगरपालिकाद्वारा पानी उद्योगहरूमा अनुगमन सुरू

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरमा सञ्चालनमा रहेका पानी उद्योगहरूको अनुगमन थालेको छ।

नगर उपप्रमुख एवं अनुगमन समिति संयोजक सरिता तिमिल्सिना भट्टराईको नेतृत्व गएको अनुगमत टोलीले बालकोटमा सञ्चालित आक्वा स्वस्तिक र अभ्युदय जल पानी उद्योगमा अनुगमन गर्दा आक्वा स्वास्तिकले उत्पादन गर्दै आएको पानी पिउन योग्य नभएको भन्दै बिक्रीमा रोक लागाएको उपप्रमुख भट्टराई बताउनुभयो ।

अनुगमनका टोलीले आक्वा स्वास्तिकले उत्पादन गर्ने पानी बिक्री वितरणमा रोक लागाएको छ । अनुगमणका क्रममा पानी प्रसोधन गर्ने समाग्री र पानी ट्यांकी नै फोहर भेटिएपछि उद्योग बन्द गर्न निर्देशन दिइएकाे उपप्रमुख भट्टराईले बताउनुभयो । 

अनुगमण टोलीले उक्त उद्योगले उत्पादन गरेको पानीको नमुना परिक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरमा पठाएको छ । पानीको नमुना परिक्षणको नतिजा नआएसम्मका लागि बिक्री वितरण गर्न रोकेको उपप्रमुख भट्टराईले बताउनुभयो ।

नगरपालिको भित्र दर्ता गरी सञ्चालित पानी उद्योग ७ वटा मात्रै भएको विना दर्ता पनि उद्योग सञ्चालनमा रहेकाले अनुगमण तिव्र बनाएको उहाँको भनाइ थियो । पानी जस्तो सेवा मुलक उद्योगले पनि जनताको स्वास्थ्यसँग प्रत्यक्ष असर गर्ने खालको पानी बिक्री वितरण गरेको र ल्याब परिक्षणका क्रममा कैफियत भेटिएका दण्ड जरिवाना गरी कारवाही प्रकृया अगाडी बढाउन उहाँले बताउनुभयो । 

 उक्त उद्योगमाले बेच्ने पानीमा कैफिएत भेटिएको भन्दै नगरपालिका र प्रशासनमा उजुरी परेको थियो । आज नगरपालिकाका उपप्रमुखको नतृत्वमा नगरस्वास्थ्य शाखा, भक्तपुर उद्योग बाणिज्य संग, उपभोक्त हित मंच, जिल्ला प्रशासन कार्यालय पनि अनुगमनमा सहभागी थिए । 


Image

सुन्दर शिल्पकार

शिल्पकार कान्तिपुर टेलिभिजनका भक्तपुर संवाददाता हुन् ।