सिँचाइ समस्या समाधानमा प्रधानमन्त्रीको घोषणालाई चुनौती, महोत्तरीको मनराशिसवा नगरले गर्‍यो डीप बोरिङ नगाड्ने घोषणा

श्रावण १६, २०८२ |विकास आर्या
सिँचाइ समस्या समाधानमा प्रधानमन्त्रीको घोषणालाई चुनौती, महोत्तरीको मनराशिसवा नगरले गर्‍यो डीप बोरिङ नगाड्ने घोषणा

महोत्तरी । महोत्तरीको मनराशिसवा नगरपालिकाले भूमिगत पानीको अवस्था सुधार नभएसम्म सिँचाइ प्रयोजनका लागि पालिकाभर नयाँ डिप बोरिङ नगाड्ने निर्णय गरेको छ ।

पालिकामा बसेको सर्वदलीय बैठकले पर्याप्त वर्षा नहुँदासम्म बोरिङ गाडेर पनि पानी नआउने भएकाले यो निर्णय गरेको हो । यही साउन ९ गते महोत्तरी पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भने मधेशमा खानेपानी र सिँचाइ संकट समाधानका लागि तत्काल ५ सय डिप बोरिङ जडान गर्ने आश्वासन दिनुभएको थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जलेश्वर डिभिजन नं. २ मातहत महोत्तरीमा मात्रै खानेपानीका ४१ वटा योजना छन् । तर, अधिकांश आयोजनाबाट पानी आउँदैन ।

यता प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा ५ सय वटा डीप बोरिङ गाड्ने आश्वासन दिनुभएको एक हप्ता नाघिसक्दा पनि सक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

प्रधानमन्त्रीको घोषणालगत्तै गठन भएको केन्द्रीय समितिले अझै जिल्ला-जिल्ला पुगेर सरोकारवालासँग छलफल गरिरहेको छ । धनुषा-महोत्तरी हेर्ने भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले धनुषा र महोत्तरीमा रहेका पुरना ५६ वटा डिप बोरिङ मर्म्मत गर्न ९ करोड रूपैयाँ लाग्ने जनाएको छ । 

यो तथ्यांक केन्द्रीय टोलीलाई पठाए पनि कुनै निर्णय नभएपछि कार्यान्वयन गर्न समस्या छ । धनुषामा पनि विवरण संकलन गर्ने कार्य मात्रै भइरहेको छ ।


Image

विकास आर्या

आर्या कान्तिपुर टेलिभिजन महोत्तरीका संवाददाता हुन् ।


सम्बन्धित