वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस् : अनसनरत प्रमुख भट्टराई

श्रावण १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
वार्ता समितिले अनावश्यक बार्गेनिङ नगरोस् : अनसनरत प्रमुख भट्टराई

काठमाडौं । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोग बढाउँदै आयातित सामग्रीको न्युनिकरण गर्ने आफ्नो मागहरू पूरा गर्न सरकारलाई दबाब दिन आह्वान गर्नुभएको छ ।

आइतबारबाट माइतीघर मण्डलामा सत्याग्रह सुरू गर्नुभएका उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै नागरिकको बाँच्न पाउने हकको आवाज उठाइदिनका लागि राष्ट्रिय मानव अधिकार आयोगलगायत संघ-संस्थालाई आग्रह पनि गर्नुभयो । 

उहाँले स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक-पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेपछि आफू सात बुँदे मागसहित सत्याग्रह बसेको बताउनु भयो । 

उहाँले अनसनरत स्थानको सुरक्षा व्यवस्था चुस्त बनाउन समेत माग गर्नुभयो । उहाँले आफ्नो सत्याग्रहप्रति राज्यलाई विश्वस्त पार्न प्रतिनिधि पठाईदिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह पनि गर्नुभयो ।

भूइँमान्छेको आवाज सरकारले नसुनेपछि संघ सरकारको आँगनमा आन्दोलन गरिएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.