पाल्पा-बुटवल सडक खण्ड : एक महिनामै उप्कियो कालोपत्र सडक, निर्माणमा लापरवाहीको आशंका

श्रावण १४, २०८२ |माधव अर्याल
पाल्पा-बुटवल सडक खण्ड : एक महिनामै उप्कियो कालोपत्र सडक, निर्माणमा लापरवाहीको आशंका

पाल्पा । राजमार्गमा कालोपत्र गरेको सडक एक महिनामै उप्किएर खाल्डाखुल्डी बनेको छ । सडक डिभिजन पाल्पाका कर्मचारी र निर्माण व्यवसायीको लापरवाहीले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडक खण्डमा कालोपत्र गरेको एक महिना नबित्दै उप्किएको हो । 

कार्यालयका प्राविधिकले नियमित अनुगमन नगर्दा कालोपत्र गरेको एक महिना नहुँदै सडकमा खाल्डाखुल्डी परेको स्थानीयको गुनासो छ । राजमार्गको पाल्पास्थित जरेपिपल, डुम्रे लगायतका स्थानमा अस्फाल प्रविधिको कालोपत्र मर्मत गरेका थिए । एबी बिल्डर्स एण्ड सप्लायर्स काठमाडौले अस्फाल प्रविधिबाट कालोपत्र मर्मतको ठेक्का लिएको थियो । 

९७ लाख ६५ हजार रूपैयाँमा ठेक्का लिएको भए पनि सडक डिभिजनले भने के कारणले कालोपत्र उप्किएको हो भन्ने विषयमा अध्ययन पश्चात् मात्र पत्ता लाग्ने जनाएको छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।