जनार्दन शर्मालक्षित दाहालको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनार्दन शर्मालक्षित दाहालको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी उपमहासचिव जनार्दन शर्मालक्षित गर्दै अहिले सिंगौरी खेल्न दिइरहेको टिप्पणी गर्नुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई बोल्दै उहाँले उपमहासचिव शर्मालक्षित कटाक्ष गर्दै आफू फरक मतको विरोधी नभएको बताउनुभएको हो । उहाँले भिन्न मतलाई दमन गर्नेकुरा आफ्नो कमजोरी नभएको जिकिर गर्नुभयो । 

उहाँले आफ्नो बारेमा पार्टीभित्र पनि यसबारे आलोचना हुने गरेको उल्लेख गर्दै आफूले फरक मत राखेकै आधारमा कसैलाई पनि पार्टीबाट निष्कासन नगरेको जिकिर गर्नुभयो । 

उहाँले फरक मत राख्नेलाई पार्टीमा छलफलका लागि प्रशस्त समय दिएको उल्लेख गर्दै अहिले पनि सिंगौरी खेल्ने क्रम जारी रहेको बताउनु भयो । उनीहरूलाई डेढ महिना देशभर नै परामर्श भन्दै सँगै लिएर हिँडेको उहाँले बताउनु भयो ।

अध्यक्ष दाहालले अब दलाल पुँजीवाद र नोकरशाही पुँजीवादका विरुद्ध संघर्ष गर्न जरूरी रहेको बताउनु भयो । आजैबाट एउटै कम्युनिष्ट पार्टी बनाउन पहल सुरू गर्ने पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.