काठमाडौं । नेकपा एमालेको मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेलले यसबारे जानकारी गराउनुभएको हो ।
महासचिव पोखरेलकाअनुसार मिसन ०८४ को नेतृत्व अध्यक्ष ओलीले नै गर्नुपर्ने केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको राय रहेको छ । मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष नै रहेको नेताहरूले बताएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केन्द्रीय कमिटीका अधिकांश सदस्यहरूको धारणा के रह्यो भने मिसन ०८४ को नेतृत्व गर्नका लागि सबैभन्दा उपयुक्त पात्र पार्टी अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ । भन्ने रायले विधानलाई खण्डित गर्दैन । विधानले त हरेकलाई प्रतिष्पर्धाको अधिकार दिएकै छ । हामी विधानका परिप्रेक्ष्यमा हामी छलफल गर्दैछौँ । प्रतिष्पर्धालाई निषेध गरेका छैनौँ ।’
एमालेले प्रतिष्पर्धाको राजनीतिलाई निषेध नगरेको पनि बताउनु भयो ।