शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित बाँकी कामहरू सम्पन्न गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनु सरकारको उच्च प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहँले द्वन्द्व पीडितहरूलाई न्याय दिने विषयमा सरकार पूर्ण रूपमा संवेदनशील र जिम्मेवार रहेको बताउनु भयो । 

उहाँले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण र मेलमिलाप आयोग ऐन, २०७१ अनुसार नै आयोगहरूको पुनर्गठन भई काम सुरू भइसकेको जानकारी गराउनु भयो ।

उहाँले टिआरसी टुंग्याउन गठित आयोगहरूले पीडित पक्षसँग समन्वयमा बाँकी कामहरू अगाडि बढाउने विश्वास समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.