मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

श्रावण ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशका ८ वटै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । खानेपानीमन्त्री प्रदीप यादवले भूमिगत पानी र पानीका मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानी र सिँचाइको पानीको चरम अभाव भएकाले यो निर्णय गरिएको जानकारी दिनुभयो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम ३ महिनाका लागि मधेश प्रदेशभर विपद् जोखिम संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्री यादवले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.