दाेलखा । वर्षाले दाेलखाकाे उत्तरी क्षेत्र सुनखान-साङबा सडकमा क्षति गरेपछि यातायात ठप्प भएकाे छ ।
शनिबार राती परेकाे वर्षाले उक्त सडक खण्डअन्तर्गत कालिञ्चाेक गाउँपालिका-६ मा क्षति गरपछि ५ वटा वडा सडक सम्पर्क विच्छेदमा परेका छन् ।
कालिञ्चाेक खाेलामा आएकाे बाढीले विगु-८ र कालिञ्चाेक-२ जाेडने पैदलमार्गकाे ढालनकाे पुल बगाएकाे छ । यस्तै साेही खाेलाकाे बाढीले हिमपाईप बगाउँदा सिंगटी- बाबरे यातायात अवरूद्ध बनेकाे प्रहरीले जनाएकाे छ ।
उक्त खाेलामा आएकाे बाढीले माछा पालन फर्म र ३० भन्दा बढी परिवारकाे खेतसमेत बगाएकाे प्रहरीले जनाएकाे छ । यस्तै पहिराेले माथिल्लो तामाकोसी जलविद्युत केन्द्रकाे बाँधस्थल पुग्ने सिंगटी- लामाबगर सडक खण्डअन्तर्गत विगु गाउँपालिका-१ साेल्टीमाेडमा क्षति गरेपछि यातायात अवरूद्ध बनेकाे छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोसी नदी तथा त्यसका सहायक खोलामा बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।
आइतबार दिउँसो प्रशासनले तामाकोसी र त्यसका आसपासका खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । दोलखाको माथिल्लो क्षेत्रमा अधिक र मध्यम वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी सूचनामा भनिएको छ ।