सिन्धुली । विपि राजमार्गअन्तर्गत भकुण्डेवेसी-नेपालथोक खण्डको तीनस्थानमा मंगलबार राती आएको बाढी र पहिरोका कारण सडक अवरूद्ध बनेपछि यात्रु र सवारी साधनको सुरक्षाका लागि सिन्धुली प्रहरीले सवारी साधन होल्ड गरेको छ ।
प्रहरीकाअनुसार काभ्रेको माम्ती खोलाको बाढीले सडक कटान गरेको, पिन्थली र बीरुवाडाँडामा लेदो सहितको पहिरो आएकोले बीपी राजमार्ग भइर सिन्धुली हुँदै राजधानीतर्फ जाने सवारीलाइ होल्ड गरिएको हो ।
सदरमुकाम सिन्धुलीमाडी, हिरापानी चेकपोष्ट, खुर्कोट, अन्य पहिरो जाने सम्भावना नभएकास्थानमा यात्रु र सवारी साधनको सुरक्षाका लागि सयौंको संख्यामा होल्ड गरिएको छ ।
संघीय राजधानी जाने सवारी साधन तथा मालवाहक सवारी होल्ड हुँदा लामो एकतर्फी लामो जाम भएको छ भने यात्रुहरू अलपत्र छन् । विपिका अलावा, मध्येपहाडी र मदन भण्डारी लोकमार्ग भएर आएका सवारी साधन पनि रोकिएका छन् ।
प्रहरीकाअनुसार जेसिभी लगाएर सडक मर्मत तथा लेदो पन्छाउने काम भइरहेकाले यातायात सञ्चालनमा आउन समय लाग्नेछ ।