दोलखा । पुष्पलाल लोकमार्गअन्तगर्त रामेछाप र दोलखाको सिमाना खिम्ती खोला नजिकै पहिरोले सडक अवरूद्ध बनेपछि यातायात ठप्प भएको छ ।
दोलखा प्रहरीकाअनुसार आइतबार बिहान खसेको पहिरोले पुष्पलाल मार्ग भएर रामेछाप र दोलखाबाट राजधानीसहित सदरमुकाम आउ-जाउ गर्ने सवारी आगमन ठप्प भएको हो ।
पहिरोले अवरूद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ । त्यस भेग भएर गुड्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।