रसुवा । तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढीले रसुवागढी नाका क्षेत्रमा विध्वंस मच्चाएको छ ।
उक्त बाढीले ठूलो जनधनको क्षति भएकाे छ । बाढीबाट गोसाइँकुण्ड गाउपालिका-२ को नाका र टिमुरे क्षेत्र अस्तव्यस्त बनेको छ।
बाढीपछि त्यहाँका सडक पूर्णरूपमा अवरूद्ध भएको छ भने विद्युत, इन्टरनेट र टेलिफोन सेवा समेत अवरूद्ध छ। बाढीले त्यहाँको जनजीवन कष्टप्रद बनाएको छ । बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगेको छ भने सुक्खा बन्दरगाहमा पनि ठूलो क्षति भएको छ ।
रसुवागढीसहित-४ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।