पाँच दलद्वारा दल गाभिएको निवेदन निर्वाचन आयोगमा दर्ता

कार्तिक १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाँच दलद्वारा दल गाभिएको निवेदन निर्वाचन आयोगमा दर्ता

काठमाडौं । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका पाँच दलले दल गाभिएको निवेदन निर्वाचन आयोगमा दर्ता गराएका छन ।

नाैवटा दलबीच एकता हुन लागेको भए पनि पाँचवटा दल मात्रै आयोगमा दर्ता भएकाले एकताको जानकारी पाँचवटा दलले मात्रै गराएको हो । बुधबार पाँच दलका प्रतिनिधिहरूले आयोग पुगेर निवेदन दर्ता गराएका हुन । पार्टी, नेकपा समाजवादी र नेकपा माओवादी समाजवादीले निवेदन दिएका हुन । एकतापछि दलको नाम नेपाली काम्यूनिष्ट पार्टी उनीहरूले चुनाव चिन्ह तारा राखेको जानकारी पनि आयोगलाई दिएको छ ।

यसैबीच आयोगमा दल दर्ताको निवेदन दिनेमा नाै वटा दल पुगेका छन । दलित अभियान्ता खगेन्द्र सुनारले पनि हाम्रो पार्टी नेपाल दल दर्ताको निवेदन दिनुभएको छ । आयोगले अहिले अध्ययन गरिरहेको छ । त्यसैगरी नवराज सुवेदी नेतृत्वको नवयुग पार्टीले दर्ताका लागि निवेदन दिएको छ । यसबाहेक पछिल्लो उक सातामा नागरिक उन्मुक्ति पार्टी नेपाल, विप्लब नेतृत्वको कम्युनिष्टद पार्टी नेपालले पनि दल दर्ताको निवेदन दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.