सिद्दार्थ राजमार्ग अन्तर्गतको पाल्पा बुटबल सडक खण्ड एकतर्फी खुल्यो

असार २५, २०८२ |माधव अर्याल
सिद्दार्थ राजमार्ग अन्तर्गतको पाल्पा बुटबल सडक खण्ड एकतर्फी खुल्यो

पाल्पा। बिहानैदेखि अवरुद्ध सिद्दार्थ राजमार्गअन्तर्गतको पाल्पा बुटबल सडक खण्ड एकतर्फि खुलेको छ । सडकखण्ड अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान हेडबक्स नजिकै (सिद्धबाबा मन्दिर नजिकै) बिहान २ बजे तिर पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरो पन्छाएर सडक एकतर्फि खुलाइएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत दोभान हेडबक्स नजिकै झरेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । राजमार्ग बन्द भएपछि उत्तर–दक्षिण राजमार्गका सबै सवारीसाधन ठप्प थिए । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट तराइको आवतजावत गर्ने सवारीसाधन तर्फ पठाइएको प्रहरिले जनाएको छ ।

यसअघि पनि राजमार्गको दोभान क्षेत्रमा पहिरो खस्दा पटक पटक सडक अवरुद्ध भएको थियो भने मंगलबार पहिरो खसेर मोटरसाइकल बगाउँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।