दाउन्नेमा सडक भासिदा यातायात अवरुद्द

असार २५, २०८२ |नवीन पौडेल
दाउन्नेमा सडक भासिदा यातायात अवरुद्द

नवलपरासी । अविरल परेको बर्षाको कारण पश्चीम नवलपरासीको दाउन्नेमा सडक भासिदा यातायात अवरुद्ध भएको छ । बर्दघाट दाउन्ने सडक खण्डको खुर्सानी खोला नजिकै सडक को केही भाग भासिएको र हिलोले सवारी साधन फसेपछी सडक पुर्णरुपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताउनुभयो ।

नारायणघाट-बुटवल सडकको बिस्तार आयोजनाले पानी परेपछी दाउन्ने खण्डमा यात्रा असहज हुने भन्दै बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्दै आएको छ ।

राती देखि सडक अवरुद्द भएपछि यात्रुहरु हिडेर दाउन्ने खण्ड पार गर्नुपर्ने अवस्था छ । पानी परिरहेकाले तत्काल सडक मर्मत हुने अवस्था छैन । यस अघि पनि आइतबार पानि परेर सडक अवरुद्ध हुदा १२ घन्टा सम्म सडक अवरुद्द भएको थियो ।

दाउन्नेमा सडक अवरुद्द भएपछि पुर्बमा दुम्किबास र पस्चिममा बर्दघाटमा सवारीको लामो जाम लागेको छ ।


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।