रसुवा बाढी अपडेट: तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

असार २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रसुवा बाढी अपडेट: तीन प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौं । रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । 

सम्पर्कविहीन हुनेहरूमा तीन जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेकाे कान्तिपुर संवाददाता बलराम घिमिरेले जनाउनुभएकाे छ ।

उक्त बाढीले रसुवा भन्सार कार्यालयको सेडघरमा रहेका मालवाहक कन्टेनर, इभी गाडीहरूसमेत बगाएर लगेको पुष्टि भएको छ। मानविय क्षतिसमेत भएको आशंका गरिएको छ । तर कति क्षति भयो भन्ने तथ्यांक आएको छैन् ।  

त्यस्तै टिमुरेस्थित ईभी चार्जिङ स्टेसनमा क्षति पुगेको छ । रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा पनि क्षति पुगेको बताइएकाे छ । त्यस्तै, सीमापारी चीनको क्षेत्रमा रहेका मालवाहक गाडीहरू पनि नदी थुनिँदा डुबानमा परेको अवस्था छ।

यस प्राकृतिक विपत्तिले ठूलो मात्रामा क्षति भएको आशंका गरिएको छ।

सम्बन्धित समाचार

रसुवामा भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगायो, ठुलो क्षति भएको आशंका


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.