नेताहरूको रगतमै भ्रष्टाचार छः सांसद कार्की

असार २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेताहरूको रगतमै भ्रष्टाचार छः सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपाकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको बताउनुभएको छ ।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उड्दै नउड्ने जहाज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताउनु भयो । 

उहाँले यो सबैको कारण भ्रष्टाचार रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र राजनीतिक नियुक्तिमा नेताहरू व्याप्त भइसकेको बताउनु भयो । जहाज चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपर्ने, सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने र नातागोताले पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्नसक्ने स्थिति बनाउन उहाँले जोड दिनुभयो ।

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.