काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकको विषय पेचिलो बनेको भन्दै सहमतिका लागि समय माग गर्नुभएको छ ।
सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रीले विद्यालय शिक्षा विधेयक पास गर्न केही दिन पर्खिन आग्रह गरेपछि समितिबाट पारित हुन सकेन ।
उहाँले शिक्षक महासंघसँग २०७५, २०७८ र २०८० सालमा गरेका सहमतिहरुलाई पनि कार्यान्वयन गर्नेगरी ऐन अगाडि बढाउने वातावरण निर्माणका लागि समय आवश्यक रहेको बताउनु भयो । उहाँले शिक्षकहरुलाई फेरि आन्दोलनमा जाने वातावरण बनाउन नहुनेमा जोड दिनुभयो । मन्त्री पन्तले सरकार–शिक्षकबीच भएका ९ बुँदे सम्झौताहरु व्यवहारमा गइसकेको उल्लेख गर्दै त्यसको पूर्ण कार्यान्वयन हुनेगरी ऐन ल्याउनेपर्नेमा आफ्नो जोड रहेको बताउनु भयो । 'कुनै पनि मन्त्रीको दायित्व हस्ताक्षर गरेर छोड्ने मात्रै हो कि समझदारी कार्यान्वयनमा लैजाने पनि हो ?' उहाँको प्रश्न छ ।
सांसदहरुले सोमवार नै विधेयक पास गर्ने भनेपनि नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र मन्त्री पन्तले थप समय माग गरेका हुन् ।