कर्णाली प्रशासनिक पुनर्संरचना समितिले बुझायो प्रतिवेदन, छिट्टै कार्यान्वयनमा लैजाने मुख्यमन्त्रीको प्रतिबद्धता

असार १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कर्णाली प्रशासनिक पुनर्संरचना समितिले बुझायो प्रतिवेदन, छिट्टै कार्यान्वयनमा लैजाने मुख्यमन्त्रीको प्रतिबद्धता

कर्णाली । कर्णाली प्रदेश सरकारको प्रशासनिक पुनर्संरचनाका लागि गठित उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

समिति संयोजक लक्ष्मण अर्यालले शुक्रबार मुख्यमन्त्री यामलाल कँडेललाई मन्त्रालयहरूको जिम्मेवारी हेरफेर र सांगठनिक संरचनालाई घटाउने निष्कर्ष सहितको प्रतिवेदन बुझाउनुभएको हो । 

प्रतिवेदन बुझ्नुहुँदै मुख्यमन्त्री कँडेलले समितिको सुझावलाई छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ । धेरै संरचनाहरू कर्णालीको आर्थिक स्रोतले धान्न नसक्ने र कार्यविभाजन व्यावहारिक नहुँदा सहजरूपमा सेवा प्रवाह गर्न नसकिएको निष्कर्षसहित सरकारले मन्त्रालयको कार्यविभाजन हेरफेर र कर्मचारी घटाउन उच्चस्तरीय संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरेको थियो । 

समितिले कार्यक्षेत्र मिल्ने र एउटै प्रकृतिका संरचनाहरू गाभ्न र धेरै भार भएका मन्त्रालयको जिम्मेवारी थोरै भार भएका मन्त्रालयमा गाभ्न मिल्नेगरी सुझाव दिएको छ। समितिले दिएको सुझाव मन्त्रिपरिषद्ले निर्णय गरेपछि कार्यान्वयमा लैजाने र प्रतिवेदनको पूर्ण पाठ सार्वजनिक गर्ने सरकारले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.