पोखरा-मुग्लिन खण्ड बिस्तार अन्तिम चरणमा

सडक कालोपत्रेसँगै १७ वटा पुल निर्माणको काम सकियो
असार ११, २०८२ |प्रताप राना
पोखरा-मुग्लिन खण्ड बिस्तार अन्तिम चरणमा

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । 

यो सडक खण्डअन्तर्गत आँबुखैरेनी-जामुने  खण्डको  साढे ४१ किमी सडक स्तरोन्नतिसहित कालोपत्रेको काम सकिएको हो ।

मुग्लिन-पोखरा सडक खण्डको आँबुखैरेनी-जामुने सडक विस्तार र स्तरोन्नतिको काम सकेसँगै यात्रुलाई यात्र गर्न निकै सहज भएको छ । बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा सडक विस्तार र कालोपत्रे भएपछि स्थानीय निकै खुसी छन् ।

सडक विस्तार र स्तरोन्नतिको काम समयमा सकिँदा लामो तथा छोटा दूरीका यात्रुलाई सहज र समयमा नै गन्तव्यमा पुग्न र पुर्‍याउन सजिलो भएको छ ।

असार २९ गते सम्म यो सडक खण्ड सम्पन्न गर्ने म्याद छ । सडक विस्तार र कालोपत्रेको काम, ठूला ३ वटा पुलसहित १७ वटा पुलको काम पनि सकिएको छ भने अहिले ट्राफिक चिह्न, सडक मार्किङ, सडक सुरक्षाकाे काम मात्र बाँकी रहेको मुग्लिन-पोखरा सडक आयोजनाले जनाएको छ ।


Image

प्रताप राना

राना कान्तिपुर टीभीका तनहुँ संवाददाता हुन् ।


सम्बन्धित