सिन्धुपाल्चोकमा कस्तो छ विपद् व्यवस्थापनको तयारी ?

असार २, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकमा कस्तो छ विपद् व्यवस्थापनको तयारी ?

सिन्धुपाल्चोक । बर्खा लागेसँगै सिन्धुपाल्चोकमा प्राकृतिक विपद्को जोखिम बढ्ने गर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष दुई सय २२ बस्तीका १७ हजार ८२ नागरिक प्रभावित हुने आकंलन गरेको छ । त्यसैले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहहरूले विपद्पूर्व तयारीलाई तीव्रता दिइएको छ ।

सिन्धुपाल्चोकको चौतारा साागाचोकगढी नगरपालिकाले यस वर्ष २१ वटा बस्ती जोखिममा पर्ने पहिचान गरेको छ । आफ्नो पालिकाभित्रका खत्रीथोक, लेकडााडा, छेकाथोकलगायतका विपद्मा पर्नसक्ने जोखिम भएका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रक्रिया थालिएको छ भने खोज तथा उद्धारका लागि डोरी, स्ट्रेचर, पिक एम्बुलेन्सलगायतका समग्री तयारी अवस्थामा राखिएको छ ।

विगतका वर्षमा अनेकन विपद् झेल्दै आएको बाह्रबिसे नगरपालिकाले पनि विपद्पूर्व आवश्यक तयारी थालेको छ । नगरभरीका ६३ बस्ती उच्च जोखिममा रहेको पहिचान गरिएको छ । जोखिमयुक्त सखुावा, टांसार भीरखर्क नापुजेलगायतका बस्ती सुरक्षित स्थानमा स्थानान्तरणको प्रक्रिया थालिादैछ, भने ४५ जना युवालाई खोज उद्धारकर्ता तयार पारिएको छ ।

भौगोलिक अवस्था कमजोर हुादा बर्सेनी बाढीपहिरो र प्राकृतिक विपद्को संकटग्रस्त क्षेत्र हो सिन्धुपाल्चोक । यहाा पहिरो र जलजन्य विपद्का घटना हुने र जनधनको क्षति हुने गर्छ । त्यसैले विपद् व्यवस्थापन समितिले, सुरक्षा निकाय र प्राविधिक टोलीले जोखिमयुक्त क्षेत्रहरूको अनुगमन गर्दै खोज तथा उद्धारलागि कृत्रिम अभ्यास, नेपाली सेनासाग हेलिकोप्टरको लागि सम्ान्वय, राहतका लागि त्रिपाल, खाद्यान्न उपलब्ध गराइराख्ने र राजमार्ग निरन्तर सुचारु राख्न बिग्रेको ठाउामा काम चााडो सक्न र बर्खाभरी ठाउाठाउामा डोजारसहित आवश्यक पूर्वाधार तयारीलाई प्राथमिकता दिइरहेका हुन् ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष धेरै वर्षा हुने प्रक्षेपण गरेको छ । बढी पानी पर्दा स्वाभाविकरुपले विपद्को जोखिम पनि बढी नै हुन्छ । विपदको पूर्वतयारीका लागि सिन्धुपाल्चोकमा सुरु गरिएको कामले विपदको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.