सिन्धुपाल्चोक । आज बिहानदेखि बाह्रबिसे तातोपानी २६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध छ । शनिबार रातिदेखिको निरन्तर वर्षापछि कोदारीमा सडक भास्सिएर अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि विहानैदेखि चीनबाट सामान ल्याएर आएको कन्टेरनर र नेपालबाट सामान लिन हिडेको कन्टेनर बाटोमै रोकिएको भोटेकोसी गााउपालिका २ का अध्यक्ष कुमार श्रेष्ठजले जानकारी दिनुभयो ।
यसअघि अबिरल वर्षापछि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिट भास्सिएको थियो, जसका कारण नाका पूर्णरूपमा बन्द भएको थियो ।
स्थानीय प्रशासनले तत्कालीन रूपमा सडक अवरुद्ध भएको जानकारी गराउादै वैकल्पिक व्यवस्था गर्न कठिनाइ भएको बताएको छ । घटनास्थलमा सडक मर्मतको प्रारम्भिक तयारी भइरहेको छ भने भासिएको क्षेत्रको विस्तृत मूल्यांकन पश्चात् पुनःनिर्माण कार्य सुरु गरिने बताइएको छ । तातोपानी नाका विगतदेखि नै प्राकृतिक प्रकोपका कारण पटकपटक बन्द हुँदै आएको संवेदनशील क्षेत्र हो।