२३ महिनाको माइला चिडियाखानामा

चिडियाखानामा अव दुई वटा गैंडा
जेष्ठ २९, २०८२ |मनोज पौडेल
२३ महिनाको माइला चिडियाखानामा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा नयाँ सदस्यका रुपमा भाले गैंडा माइलालाई ल्याईएकोछ । चितवन राष्ट्रिय निकुञ्जबाट २३ महिना उमेरको माइलालाई नयाँ सदस्यका रुपमा चिडियाखानामा थपिएको हो । 

अब यहा दुई वटा गैडा हेर्न पाईने भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा २०८१ असोजमा बाघको आक्रमणबाट माउसंग बिछोडिएपछि टुहुरो बनेको माईलालाई सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालयमा हुर्काएर सदर चिडियाखाना ल्याईएको चिडियाखानाका सिनियर क्युरेटर अशोक सुबेदीले बताउनुभयो । 

माईलासंगै पोथी पुजालाई पनि चिडियाखाना ल्याइएको छ । करिब ३ वर्ष उमेर रहेको पूजा २०७९ मा बाघको आक्रमणबाट चितवन निकुञ्जमा माउसंग बिछोडिएको थियो । 

राष्ट्रिय प्रकृति संरक्षण कोष -एनटएनिसीद्वारा संचालित ललितपुरस्थित सदर चिडियाखानामा रहेका दुई गैडामध्ये एउटा ६ महिना अघि विरामी भएर मृत्यु भएको थियो । त्यसपछि माईलालाई ल्याईएको हो ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।