चित्रबहादुर केसीको प्रश्नः पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

जेष्ठ २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
चित्रबहादुर केसीको प्रश्नः पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पैसा कमाएकै कारण एनआरएनहरूलाई वंशजको नागरिकता दिन नहुने बताउनुभएको छ ।

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नागरिकताको समस्या धेरै जटिल रहेको बताउनु भयो । 

खुला सीमा भएका कारण भारतबाट मात्र नभइ उत्तर, दक्षिणलगायतका विभिन्न देशहरूबाट नेपालमा आउनेहरूको लर्को रहेको बताउनु भयो । आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउनु भयो । 

पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ? भन्दै प्रश्न गर्नुभयो । गैर-आवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको उहाँकाे भनाइ छ । ब्रिटिस गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने उहाँले बताउनु भयो ।

अध्यक्ष केसीले नेपालकालाई बाहिर लखेट्ने र बाहिरका ल्याएर नागरिकता दिनेकुरा राम्रो नहुने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.