दोलखामा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

जेष्ठ २४, २०८२ |केदार शिवाकोटी
दोलखामा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका-४ झ्याँकुमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिप दुर्घटनामा परी दुई जना घाइते भएका छन ।

शुक्रबार राती बा १६ च ७६५१ नम्बरको बलेरो जिप दुर्घटनामा परी सोही वडाका स्थानीय फुलमाया शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका थप दुई जनालाई उपचारका लागि सदरमुकाम चरिकोट ल्याइएको प्रहरीले बताएको छ ।

 


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।