संघीय सरकारको हस्तक्षेपपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगित, आजदेखि सार्वजनिक यातायात सञ्चालन

व्यवसायीसँग वार्ता गर्ने तर नियमावली फिर्ता नहुने गण्डकी सरकारको भनाइ
जेष्ठ २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय सरकारको हस्तक्षेपपछि गण्डकीमा राइड सेयरिङ नियमावली स्थगित, आजदेखि सार्वजनिक यातायात सञ्चालन

काठमाडौं । राइड शेयरिङ नियमावली कार्यान्वयनको निर्णयबाट गण्डकी प्रदेश सरकार तत्काललाई पछि हटेसँगै यातायात व्यवसायीले गर्दै आएको आन्दोलन पनि स्थगित भएको छ ।

संघीय सरकारको हस्तक्षेपपछि राइड शेयरिङ नियमावली एक महिनालाई स्थगित गर्न गण्डकी प्रदेश सरकार तयार भएको हो ।

सार्वजनिक यातायात बचाऊ केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आन्दोलनका सबै कार्यक्रम स्थगित भएको बताउनुभयो । 

आजदेखि सार्वजनिक यातायात सञ्चालन भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार थप विवरण आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइने छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको पत्रपछि गण्डकी सरकारद्वारा एक महिनालाई नियमावली स्थगित गरेको हो । 

यो एक महिनामा व्यवसायीसँग वार्तामा बसेर छलफल गर्ने र नियमावली कार्यन्वयनको वातावरण बनाउने बताइएको छ । नियमावली फिर्ता नहुने पनि गण्डकी प्रदेश सरकारले जनाएको छ । राइड शेयरिङ नियमावलीसँगै व्यवसायीहरुले सरकारसँग विभिन्न ६ बुँदामा सहमति गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.