परम्परागत बाजा संरक्षणमा जुटे भक्तपुरका स्थानीय संघसंस्था

जेष्ठ १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
परम्परागत बाजा संरक्षणमा जुटे भक्तपुरका स्थानीय संघसंस्था

भक्तपुर । परम्परागत बाजाको संरक्षणका लागि भक्तपुरका स्थानीय संघसंस्थाहरू लागिपरेका छन् । परम्परागत बाँसुरी, पछिमा बाजा, भुक्षाय् र धिमे बाजा बिस्तारै संकटमा पर्न थालेपछि स्थानीय शुभकामना बचत तथा ऋण सहकारी संस्थाले ६ महिने प्रशिक्षणको आयोजना गरेको हो । 

युवा पुस्तालाई परम्परागत बाजाप्रति आकर्षित गरी बाजाहरूको संरक्षण गर्ने उद्देश्यले आयोजित शुक्रबार सम्पन दीक्षान्त समारोहमा ८ देखि ६५ वर्ष उमेर समूहका २५ जनाको सहभागिता रहेको अध्यक्ष राम कासुलाले बताउनुभयो । दीक्षान्त समारोहपछि आफन्त बोलाएर भोज खुवाउने परम्परा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.