कपिलवस्तुमा खाना पाकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु-बहिनीको जलेर मृत्यु

जेष्ठ १२, २०८२ |मनोज पौडेल
 कपिलवस्तुमा खाना पाकाउने ग्यास लिक भएर आगो लाग्दा दाजु-बहिनीको जलेर मृत्यु

कपिलवस्तु । शुद्धोधन गाउँपालिका वडा नं.-५, जयनगरामा खाना पकाउने क्रममा ग्यास सिलिन्डरबाट ग्यास लिक भई आगो लाग्दा दाजु र बहिनीको जलेर मृत्यु भएको छ । 

हिजो बिहान ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास लिक भई आगलागी हुँदा २४ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोमन यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी मोहनमणि अधिकारीले जानकारी दिनुभयो । 

शिवकुमारको शरीरका ८५ प्रतिशत र सोनमको शरीरका ७५ प्रतिशत जलेको अवस्थामा भैरहवास्थित मेडिकल कजेजमा उपचारका लागि लगिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हिजो दिउँसो डेढ बजे भारतको गोरखपुरस्थित मेडिकल कजेलमा लैजाँदै गर्दा बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक सोनम राष्ट्रिय उमावि मुडफुटुवामा कक्षा १० मा अध्ययनरत थिइन् । उनको निधनमा विद्यालयले सोमबार शोक बिदा दिएको प्रधानाध्यापक लालचन्द पाण्डेले बताउनु भयो । 


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।