पाँचखालको बिग्ने सामुदायिक वनमा भीषण डढेलो

जेष्ठ ११, २०८२ |पुजन धिताल
पाँचखालको बिग्ने सामुदायिक वनमा भीषण डढेलो

काभ्रे । पाँचखाल नगरपालिका-२ अन्तर्गत टटेलेस्थित बिग्ने सामुदायिक वनमा डढेलो लागेको छ । यो सामुदायिक वनसँगै अन्य ४ वटा सामुदायिक वन समेत जोडिएका छन् ।

सामुदायिक वन क्षेत्रमा आइतबार दिउँसो करिब साढे २ बजेतिर डढेलो लागेको देखिएको थियो । हाल डढेलो तीव्र गतिमा फैलिँदै गएको छ । डढेलो लागेको स्थान बस्तीभन्दा निकै तल छ ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई खबर गरिएको पाँचखाल-२ का वडाध्यक्ष रामेश्वर दाहालले जानकारी दिनुभयो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।