मधेश-महाभारत जोड्न उल्टो मोटरसाइकल यात्रा

जेष्ठ १०, २०८२ |राजकुमार कार्की
मधेश-महाभारत जोड्न उल्टो मोटरसाइकल यात्रा

सिन्धुली । कला, संस्कृति जगेर्ना र स्वास्थ्यको कामनासहित मधेश-महाभारत उल्टो मोटरसाइकल यात्रा भएको छ । महोत्तरीका जेभी पोखरेलले बर्दिवासदेखि बीपी राजमार्ग भएर सिन्धुलीको कमलामाई नगरपालिका-३ को महाभारत क्षेत्रमा रहेको राष्ट्रिय कलाघरसम्म उल्टो मोटरसाइकल यात्रा गर्नुभएको हो । 

‘मधेशबाट महाभारत सुस्वास्थ्यको सबैमा मुबारक’ भन्दै पोखरेलसहित २५ जनाको टोली कलाघर पुगेको छ । उल्टो मोटरसाइकल यात्राको उद्देश्य कला संस्कृतिलाई पर्यटनसँग जोडेर स्वस्थ वातावरण निर्माण गर्नु रहेको पोखरेलको भनाइ छ । 

१० वर्षअघिदेखि उल्टो मोटरसाइकल कुदाउने प्रशिक्षण गरिरहेका पोखरेलले ०६३ सालमा शान्तिको कामनासहित मेची-महाकाली उल्टो साइकल यात्रा सम्पन्न गर्नुभएको थियो ।

पेशाले स्वास्थ्यकर्मी पोखरेल उल्टो यात्रा गरेर गिनिज बुकमा नाम लेखाउन आफ्नो उद्देश्य रहेको बताउनुहुन्छ ।


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।