काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूले सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । कांग्रेस नेता शंकर भण्डारीले आफूले काम गर्न नसक्नुमा कांग्रेसलाई दोषी देखाउने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनुभएको छ ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम 'सरोकार' मा नेता भण्डारीले सरकारले काम गर्न नसके १४ महिना कुर्न नहुने बताउनुभयो । तर एमाले नेता सूर्य थापाले भने कांग्रेस नेताहरूको असन्तुष्टि भए उच्चस्तरीय राजनीतिक संयन्त्रमा आफ्ना कुरा राख्न सुझाव दिनुभयो । यस्तै, राजनीतिक विश्लेषक पीताम्बर भण्डारीले कांग्रेस-एमाले गठबन्धन नीतिबाट विचलित भएर नियुक्तिमा अड्किएको टिप्पणी गर्नुभयो ।
कार्यक्रम सरोकार आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा हेर्न सक्नुहुनेछ । यो कार्यक्रम कान्तिपुर टेलिभिजनको एप र युट्युब च्यानलमार्फत पनि हेर्न सक्नुहुनेछ ।