काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले ग्याँस सिलिण्डर साट्दा उपभोक्ता ठग्ने काम भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले एलपी ग्याँस सिलिण्डर साट्दा ठग्ने काम गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
उहाँले एलपी ग्याँसका धेरै प्रकारका सिलिण्डरहरू बजारमा रहेको र ग्याँस अभावको नाटक गरेर सिलिण्डर साट्न लगाइ ठग्ने काम गरिएको बताउनु भयो । उहाँले सिलिण्डर साट्दा पाँच सयदेखि एक हजार रूपैयाँसम्म लिने गरेको भन्दै अनुगमन गर्न आग्रह गर्नुभयो ।
सांसद कोइरालाले सरकारले तत्काल यस्ता कामको निगरानी गर्नुपर्ने बताउनु भएकाे छ ।