काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले निर्वाचित जनप्रतिनिधिको भूमिका कमजोर बनाउने प्रयास कुनै पनि बहानामा उचित नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै थापाले सांसद विकास कोषको रकमबारे अनावश्यक प्रचार भइरहेको भन्दै सांसदहरूलाई कोष नभएर योजना सिफारिस गर्ने अधिकार रहेको बताउनुभएको हो ।
उहाँले समाजमा एकाथरी मानिसहरू यस कार्यलाई अलग गर्नुपर्ने भनेर वाहियात छलफल, बुद्धि विलासका साथै पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको आरोप लगाउनु भयो ।
उहाँले निर्वाचन क्षेत्रका विकास प्रक्रियामा निर्वाचित सांसदको भूमिकालाई प्रभावकारी, अटुट र अन्योन्याश्रित जोड्नु अनिवार्य रहेको बताउनु भयो ।