भौतिक पूर्वाधार र नीतिगत संरचनालाई महत्त्व दिँदै कोशीको नीति तथा कार्यक्रम सार्वजनिक

जेष्ठ ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भौतिक पूर्वाधार र नीतिगत संरचनालाई महत्त्व दिँदै कोशीको नीति तथा कार्यक्रम सार्वजनिक

मोरङ । भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधि लगायत अन्य पूर्वाधार र नीतिगत संरचनालाई प्राथमिकतामा राखेर कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रमले भौतिक पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासलाई जोड दिएको बताउनुभयो ।

कोशी प्रदेश लगानी सम्मेलनका उपलब्धिहरूलाई संस्थागत गरी सार्वजनिक, निजी, सहकारी, साझेदारी र निजी अवधारणामा परियोजना विकास र निर्माण गर्न संस्थागत र नितीगत सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत र पर्यटकीय पूर्वाधार विकास गर्दै राष्ट्रिय पूँजी निर्माण गर्ने नीति तथा कार्यक्रमले भनेको छ ।

यसैबीच प्रतिपक्षी दलहरूले भने विगतकै निरन्तरता मात्र भएको भन्दै आलोचना गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.