काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि सर्वोच्च अदालतका शाखा अधिकृत विष्टलाई पक्राउ गरिएको थियो । विष्टविरुद्ध प्रहरीले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।
विष्टले लेखेको अनधिकृत पत्रकै आधारमा रेशमलाई पक्राउ गरिएको थियो । तर पत्र अनधिकृत भएको पुष्टि भएपछि रेशमलाई सोही दिन रिहा गरिएको थियो ।