आजका मुख्य समाचार,
* नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा / १८ वर्षको मेहनतले पायो सार्थकता / महिला टिममा लगानी बढाउन सरकारमाथि दबाब ।
* हुम्लाको तिलगाउँमा वर्षाबिनाको बाढीले बस्ती विस्थापित भएको ५ दिनपछि उद्धार तथा राहत सामग्री पठाउन सरकारको निर्देशन / घटनाबारे सांसदले जवाफ माग्दा गृहमन्त्री भने मौन ।
* कोशी र लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक/ कोशीले भौतिक पूर्वाधार र नीतिगत संरचनालाई महत्व दिँदा लुम्बिनीको प्राथमिकता कृषि ।
* स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई उद्योगीको दबाब / काम सुरु भएको दुई वर्षभित्र आयोजना सक्ने गरी बजेटको व्यवस्था गर्न निर्माण व्यवसायीको माग ।
* यूरोपेली संघ र बेलायतबीच रक्षा, मत्स्य उद्योग र युवा आवागमनसम्बन्धी सम्झौतामा सहमति / ईयूका माछा मार्ने डुंगा थप १२ वर्ष बेलायती जल क्षेत्रमा प्रवेश पाउने ।