महाकालीमा पुल नहुँदा डडेलधुराका नागरिकलाई जोखिम

जोखिम मोलेरै नदी तर्न बाध्य
जेष्ठ १, २०८२ |वरुण पनेरू
महाकालीमा पुल नहुँदा डडेलधुराका नागरिकलाई जोखिम

डडेल्धुरा । महाकाली नदीमा पुल नहुँदा डडेल्धुराको परशुराम नगरपालिका र आसपासका बासिन्दा वर्षौंदेखि ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदीमा पुल बनाउने भनेर दुई दशकदेखि आश्वासन दिँदै आउनुभएको छ। तर कहिल्यै कार्यान्वयन हुन सकेको छैन । 

यस पटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारत भ्रमणमा जाँदा पनि त्यही एजेन्डा बनाउनुभयो। सरकारका उच्च अधिकारीहरूले पटक-पटक पुल बनाउने आश्वासन दिँदैआएका छन । तर पुल नबन्दा नागरिकहरू जोखिम मोलेरै महाकाली तर्न बाध्य छन ।

२०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्दा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको एउटा एजेन्डा थियो- महाकाली नदीमा पुल बनाउने ।

यति मात्रै होइन २०५१ साल यताका हरेक चुनावमा डडेल्धुराबाट उम्मेदवार बन्दा देउवाले महाकाली नदीकोे बङ्गघाटमा पुल बनाउने आश्वासन दिँदै आउनुभएको छ । 

दुई दशक यता यहाा पुग्ने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पनि पुल बनाउने प्रतिबद्धता जनाउनुभयो । तर बोलेको कुरा कहिल्यै पूरा भएन । यस पटक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा जाँदा पनि महाकालीमा पुलको एजेन्डा उठाए उठाउनुभयो ।

मुख्यमन्त्री, पूर्वप्रधानमन्त्री र प्रधानमन्त्रीसम्मले पटक-पटक कुरा उठाउँदासमेत महाकालीमा पुल बन्न सकेको छैन । पुल बनाउन भारतीय पक्ष सहमत भएको भनिए पनि कामले कुनै गति लिएको छैन । 

नेपाल-भारत सीमा नदी महाकालीमा पुल नभएका कारण डडेल्धुराका परशुराम नगरपालिका, आतिलाल र भागेश्वर गाउापालिका बासिन्दा जोखिमपूर्ण रूपमा ट्यूब र काठे डुंगाका माध्यमबाट नदी तर्न बाध्य छन । 

पशुराम र आलिताल गाउँपालिकाका बासिन्दाले रोजगारीका लागि भारत जाँदा होस् या किनमेलका लागि भारतीय बजारमा जाँदा यसरी नै जोखिमपूर्ण रूपमा नदी तर्नुपर्छ । सात वर्षअघि सरकारले नेपाल-भारत जोड्न पुल निर्माण गर्ने भन्दै सर्भेसमेत गराएको थियो । तर निर्माणको काम सुरू नै हुन सकेको छैन ।

५४ हजारभन्दा बढी जनसंख्या रहेको परशुराम नगरपालिका तथा आलिताल र भागेश्वर गाउापालिका क्षेत्रको १४५ किलोमिटर महाकाली नदीमा कुनै पनि पुल छैनन् । भारत आवात-जावत गर्नेको संख्या अत्यधिक भएकाले परशुराम नगरपालिकाले परिगाउा र सिसमझालामा दुईवटा काठे डुंगा सञ्चालन गरेको छ । 

तर पछिल्ला दुई दशकयता सरकारले महाकालीमा तीन वटा पुल बनाउने घोषणा गरे पनि प्रगति शून्य छ । पटक-पटक आश्वासन दिने तर पुल निर्माण नहुादा जनता आजित भइसकेका छन ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।