मधेश प्रदेशमा साढे १९ करोड बराबरको पाठ्यपुस्तक बिक्री

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मधेश प्रदेशमा साढे १९ करोड बराबरको पाठ्यपुस्तक बिक्री

धनुषा । जनक शिक्षा सामग्री केन्द्रले मधेश प्रदेशमा १९ करोड ५३ लाख मूल्य बराबरको पाठ्यपुस्तक बिक्री गरेको छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले शैक्षिक सत्र २०८२ सुरु भएको डेढ महिनाभित्र १४ लाख १३ हजार थान पाठ्यपुस्तक बिक्री गरेको हो ।

प्रादेशिक कार्यालय जनकपुरधामस्थित शिक्षा सामग्री केन्द्रको कार्यालयले मधेश प्रदेशको सप्तरीदेखि रौतहटसम्मका ६ लगायत कोशी प्रदेशको ओखलढुङ्गा, खोटाङ, उदयपुर र बागमतीको सिन्धुली जिल्लामा ८२ वटा सूचीकृत रहेका बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्रीवितरण गर्दै आएको हो । भौगोलिक रूपमा दुर्गम रहेको जिल्लालाई पहिलो प्राथमिकता दिएको केन्द्रले पाठ्यपुस्तक बिक्री गरेबापत थोक बिक्रेतालाई ९ प्रतिशत कमिशन दिने गरेको बताएको छ । 

गत शैक्षिक सत्रमा प्रादेशिक कार्यालय जनकपुरधामले २३ करोड मूल्य बराबरको १६ लाख ६७ हजार थान पाठ्यपुस्तक बेचेको थियो । कक्षा एक, दुई र चारको निजी क्षेत्रमार्फत र कक्षा तीन र पाँचदेखि १२ सम्मका पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले उपलब्ध गराउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.