पोखरामा नगर माइक्रोबस दुर्घटना, २२ जना घाइते

वैशाख ३१, २०८२ |भुपाल गुरुङ
पोखरामा नगर माइक्रोबस दुर्घटना, २२ जना घाइते

कास्की । पोखरा-२२ स्थित शान्ति स्तूपा नजिकै नगर माइक्रो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

शान्ति स्तूपा हुँदै पोखरा फर्किँदै गरेको ग१ख ३८८६ नम्बरको माइक्रो बस आज दिउँसो दुर्घटना हुँदा चालक र सहचालकसहित २२ जना घाइते भएका हुन् । 

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । 

घाइतेहरुको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । ब्रेक फेल भएर बस सडकमा पल्टिएर दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । बसमा भारीतय पर्यटक पनि रहेको स्थानीयले बताएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।