चिकित्सकहरू विदेशिनु चिन्ताको विषय : राष्ट्रपति

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
चिकित्सकहरू विदेशिनु चिन्ताको विषय : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाउँदा चिकित्सकहरू विदेशिने क्रम बढेको बताउनुभयो ।

यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको सुझाव छ । तर नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको अनुभव आफैंले गरेको राष्ट्रपति पौडैलको भनाइ छ । संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूति गरेको उल्लेख गर्दै उहाँले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.