शहीदका परिवारले घेरे मधेश प्रदेश सरकार अन्तर्गतको गृह मन्त्रालय

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
शहीदका परिवारले घेरे मधेश प्रदेश सरकार अन्तर्गतको गृह मन्त्रालय

काठमाडौं । मधेश आन्दोलन लगायत विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहीदका परिवारहरूले मधेश प्रदेश सरकार अन्तर्गतको गृह मन्त्रालय घेराउ गरेका छन् । ‘एक शहीद, एक रोजगार’ कार्यक्रम अन्तर्गत प्राप्त रोजगारी खोस्ने तयारी गरिएको आरोप लगाउँदै उनीहरूले गृह मन्त्रालय घेरेका हुन् । 

शहीद परिवारका सदस्यहरूले मन्त्रालयमा आफ्ना आवाज नसुनिएको गुनासो गर्दै मन्त्रीहरू भेट्न समेत नआएको आरोप लगाए । उनीहरूको भनाइ अनुसार कतिपय शहीद परिवारका सदस्यहरूलाई डोर हाजिरी र ज्यालादारीमा राखिए पनि नियमित तलब दिइएको छैन । यस्तै बलिदानी दिवसको अवसरमा स्वास्थ्य बीमा कार्यान्वयन गरिने आश्वासन दिइए पनि हालसम्म त्यसमा कुनै प्रगति नभएको उनीहरूको गुनासो छ । 

आन्दोलनरत शहीद परिवारले गृह मन्त्रालयलाई आफूहरूको माग सम्बोधन नहुन्जेल धर्ना जारी रहने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.