नारायणी अस्पतालको भवन निर्माण ठेक्कामा अनियमितता, तत्कालीन मेसुसहित ९ जनाविरुद्ध आरोपपत्र दायर

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नारायणी अस्पतालको भवन निर्माण ठेक्कामा अनियमितता, तत्कालीन मेसुसहित ९ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नारायणी अस्पताल, वीरगन्जको आकस्मिक भवन निर्माणको ठेक्कामा अनियमितता देखिएको भन्दै अस्पतालका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुरसहित ९ जनाविरुद्ध आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरेको छ ।

नारायणी अस्पताल वीरगन्ज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जयकुमार ठाकुर समेत ९ जना र लुम्बिनी-मिसन जेभीमाथि पनि सार्वजनिक सम्पति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको हो ।

हेरौं आरोपपत्र


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.