कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छः उपाध्यक्ष घिमिरे

वैशाख २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुने डर छः उपाध्यक्ष घिमिरे

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा ऐनको मुख्य उद्देश्य नै निष्प्रभावी हुन्छ की भन्ने शंका उब्जिएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानूनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधानले व्यवस्था गरेको शासकीय संरचना, संघीयता र कानूनी पूर्णताका लागि न्युनतम आवश्यकता निर्माण गर्न ढिलासुस्ती भएको स्वीकार गर्नुभयो ।

उहाँले संविधानमा उल्लेखित मर्म, विधायिकाको मनशाय र जनताको आम अपेक्षाको सम्बोधनका लागि संविधान कति कार्यान्वयनमा आयो वा आएन ? भन्नेकुराको समीक्षा अति आवश्यक भइसकेको उल्लेख गर्नुभयो ।

कतिपय राम्रा व्यवस्था हुँदा-हुँदै पनि प्रभावकारी कार्यान्वयन नहुँदा प्रतिफलमुखी हुन नसकेको उहाँले बताउनुभयो । समयानुकुल अधिकांश कानून ठिक भएपनि कार्यान्वयनको पक्षमा केही समस्या देखिएको उहाँकाे भनाइ छ।

उपाध्यक्ष घिमिरेले कानून कार्यान्वयको अवस्था अध्ययन गरी आवश्यक सुधार गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।

सरकारले सभामा पेश गर्ने नीति तथा कार्यक्रम, सिद्धान्त, प्राथमिकता, पूर्वबजेट छलफल एवं संसद्बाट अनुमोदित बजेटको खर्च समेतका सम्बन्धमा विश्लेषण गर्न संसद सदस्यहरुलाई अनुसन्धानात्मक सेवा पुर्‍याउन संसदीय बजेट कार्यालय स्थापना गर्न जरूरी रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.