काठमाडौं । भारतीय जनता पार्टी-भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आउनुभएको छ ।
विदेश विभाग प्रमुख चौथाईवाले आजदेखी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको हो । उहाँ आजै काठमाडौं आउनुभएको बताइएको छ ।
तीन दिनको बसाईको क्रममा उहाँले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।