काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताउनुभएको छ । बुधबार इन साइट लाइभ-२०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले यसलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने र विद्यालय, कार्यस्थल र समुदायहरूमा बलियो साझेदारी निर्माण गर्ने लक्ष्यअनुसार सरकारले काम गरिरहेको जिकिर गर्नुभयो ।
२०२२ को सर्वेक्षणअनुसार अन्धोपन ०.८४५ बाट घटेर आज ०.२८५ भएको छ । मोतियाबिन्दु शल्यक्रियाको कभरेजमा पनि ठूलो सुधार भएको स्वास्थ्यमन्त्रीको दाबी छ ।
नेपालको लक्ष्य २०३० सम्ममा ६५.४५ पुग्ने रहेको बताउनु भयो । सार्वजनिक-निजी साझेदारी र सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत् पहुँच विस्तार गरिरहेको उल्लेख गर्नुभयो ।
नेपालले २०२६ मा आँखा स्वास्थ्यमा विश्वव्यापी शिखर सम्मेलनको आवाजलाई पनि दृढतापूर्वक समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सबैको आँखा हेरचाहमा पहुँच सुनिश्चित गर्नका लागि काम गरिरहेको बताउनुभयो ।