काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गर्नु भएको छ । शिक्षामन्त्री पन्तले आज विज्ञप्ति जारी गरी शिक्षक महासंघ राष्ट्रिय समितिलाई वार्तामा आउन सरकारका तर्फबाट आह्वान गर्नु भएको हो ।
शिक्षामन्त्री पन्तले शिक्षा विधेयक संसदमा रहेकाले प्रक्रिया पूरा गरेर पास गर्ने चरणमा रहेको जनाउँदै शिक्षकहरुका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ ।
२४ दिनदेखि शैक्षिक हडताल नै गरेर सडक आन्लोलनमा रहेका शिक्षकहरु शिक्षा ऐन नआएसम्म आन्दोलन नरोक्ने अडानमा छन् ।