काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ ।
२०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुर महानगरको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गर्नुभयो ।
उहाँले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताउनुभयो । नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरूमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरूमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गर्नुभयो ।
यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गर्नुभयो । कुनैपनि घटना हुनासाथ उद्धारका लागि चुस्तदुरूस्तका साथ अघि बढेको बताउनु भयो ।
प्रमुख महर्जनले ट्राफिक जाममा अल्झिनु नपरेको अवस्थामा महानगरपालिकाबाट दिनुपर्ने सेवा ४ मिनेटभित्रमा दिइसक्ने दाबी गर्नुभयो ।