काठमाडौं । विद्यार्थी नेताहरूले देशमा लोकतन्त्र आए पनि अनुभूति गर्न नसकिएको बताएका छन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का नवनिर्वाचित सभापतिहरूले अहिले जनताको आवाज सुनिन छाडेको भन्दै असन्तुष्टि जनाए ।
कार्यक्रम सरोकारमा युवा तथा विद्यार्थीले अहिलेको लोकतन्त्रलाई कसरी बुझेका छन्, विद्यार्थी नेताहरूले खोजेको शिक्षा प्रणाली कस्तो ? कस्तो शिक्षाले देशमा रोजगारी सिर्जना गर्न सकिन्छ ? विद्यार्थी पलायन रोक्न के गर्ने ? लगायतका विषयमा बहस गरिएको छ । कार्यक्रम सरोकार आज राति ९ बजे प्रसारण हुनेछ । यो कार्यक्रम कान्तिपुर टेलिभिजनको युट्युब र एपमा पनि हेर्न सक्नुहुनेछ ।